संचय कोष र नागरिक लगानीले गरी दुई ओटा वाइडवडी जहाज किन्न सरकारी जमानीमा २४ अर्ब रुपैयाँ ऋण दिएको हो । न्यारोवडीको उडान नाफामा भएपनि वाइडवडीले उपयुर्त गन्तव्य नपाउँदा निगमले ठूलो नोक्सान ब्यहोर्दै आएको छ ।
काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषको किस्ता तिर्न असफल भएको छ । ठूलो जहाज (वाइडवडी)को किस्ता तिर्न नसकेको निगमले गत चैतमा सानो जहाज (न्यारोवडी)को पनि किस्ता बुझाउन नसकेपछि बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । यो रकम चैत मसान्तभित्र बुझाउनु पर्ने भएपनि किस्ता बुझाउन सकेन।
संचय कोषका प्रशासक तुलसी गौतमले वाइडबडी र न्यारोबडी दुबै जहाजको किस्ता रकम नतिरेको जानकारी दिए । उनले पछिल्लो एनएसीले केहि महिनाबाट न्यारोबडी जहाजकोसमेत किस्ता तिर्न नसकेको बताए । ८४ करोड र बाँकी न्यारोवडीको किस्ता रकम रहेको उनले बताए ।
निगमले जापान र कोरियालगायत अन्य गन्तव्य मुलुकमा उडान भर्नका लागि तयारी थालेपछि उसको सञ्चालन खर्च मात्र भएको र किस्ता तिर्न नसक्ने जानकारी गराएको गौतमले बताए । उडान गन्तव्य तयार नगरी विमान ल्याएकाले समस्या देखिएको उनको भनाई छ ।
संचय कोष र नागरिक लगानीले गरी दुई ओटा वाइडवडी जहाज किन्न सरकारी जमानीमा २४ अर्ब रुपैयाँ ऋण दिएको हो । न्यारोवडीको उडान नाफामा भएपनि वाइडवडीले उपयुर्त गन्तव्य नपाउँदा निगमले ठूलो नोक्सान ब्यहोर्दै आएको छ । वाइडबडी जहाजको चैत्रसम्मको दोश्रो किस्ता हो भने न्यारोबडीको १४ किस्ता हो । गत असार र साउनमा ल्याएको दुई ओटा वाइडबडी जहाजले नयाँ गन्तव्यको खोजी गरिरहेको कारण तत्काल किस्ता रकम तिर्न नसकेको एनएसीले जवाफ दिँदै आएको छ ।
एनएसीले असारभित्रमा लामो दूरी जापानमा उडान गर्ने तयारी गरिरहेको छ भने चीन र कोरियामा पनि उडानको लागि आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ । निगमले किस्ता तिर्न नसकेपछि सरकारले तिरिदिने भएको छ । यस विषयमा अर्थ र पर्यटन मन्त्रालयबीच छलफल चलिरहेको छ । असारसम्मको किस्ता सरकारले तिर्ने तयारी भएको स्रोतको भनाई छ ।
निगमले केही महिनाअघिबाटै अर्थसंग २० अर्ब रुपैयाँ माग गरेको थियो । नयाँ गन्तव्यमा वाइडबडी नगएसम्म किस्ता तिर्न नसक्ने भएकोले तत्कालका लागि २० अर्ब रुपैयाँ दिन कार्यकारी अध्यक्ष मदन खरेलले आग्रह गरेका थिए । सरकारले २ अर्ब रुपैयाँ निगमलाई दिने तयारी गरिरहेको स्रोतको भनाई छ ।