विदेशी लगानीका उद्योगले स्वदेशबाट ऋण लियो भन्नेलाई महाप्रसाद अधिकारीको गतिलो झापड (भिडियो सहित )

विदेशी लगानीमा खुलेका उद्योगले स्वदेशी बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन किन नपाइने ?

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले विदेशी कम्पनीले विदेशबाट मात्रै ऋण ल्याउनुपर्छ भन्ने बाध्यकारी नभएको बताएका छन् ।

नेपाल आउन लागेको विदेशी कम्पनीले यति प्रतिशत विदेशबाट ल्याउने र यति प्रतिशत स्वदेशी वैङ्क तथा वित्तीय संस्थाबाट लगानी गर्ने भनेर सम्झौता गरिएकाले सतप्रतिशत रकम विदेशबाट ल्याउनुपर्छ भन्ने नरहेको उनको भनाइ छ ।

‘लगानी स्वीकृत गर्दा नै यी कुराहरु उल्लेख गरिएको हुन्छ,’ राष्ट्र बैङ्कका डेपुटी गभर्नर समेत भइसकेका अधिकारीले भने, ‘सबैभन्दा ठूलो कुरा उद्योग स्थापना गर्छु भन्ने कम्पनीले उद्योग स्थापना गर्यो कि गरेर । त्यो महत्वपूर्ण कुरा हो ।’

‘उद्योग नेपालमा लगाइसकेपछि एलसी यहीबाट खोल्नुपर्यो । वर्किङ क्यापिटल लिनुपर्यो । ती कुरा बाहिरबाट त हुँदैन,’ उनले भने, ‘त्यसैले कुनै पनि लोनको एउटा ‘कम्पोनेन्ट’ लोकल हुन्छ हुन्छ ।’

उनका अनुसार विदेशी कम्पनीले केही न केही इक्वीटी ल्याएकै हुन्छन् । र प्रत्येक डलरको नेपाल एक सय १२ रुपैयाँ (आजको रेटमा) मनि सप्लाइ हुन्छ । एक सय १२ रुपैयाँको ८० रुपैयाँ त बैङ्कले लोन क्रेट गर्न सक्छ । त्यसैले विदेशी रकम नेपाल आउँदा बैङ्कले आर्थिक गतिविधि पनि बढाएको उनको भनाइ छ ।