जिल्लाका पुराना व्यवसायी उदयकुमार पियाले अस्पताल बनाउने आफ्नो चाहनाबमोजिम उक्त रकम प्रदान गरेको बताए।विभिन्न कारणले मेरुदण्डमा चोटपटक भएका बिरामीलाई सहयोग पुगोस् भनेर आफूले सहयोग गरेको पियाको भनाइ छ। उनी भन्छन्, ‘पहिलेदेखि नै अस्पताल बनाउने मेरो चाहना थियो। मेरो आकाङ्क्षा पूरा भयो, तीन करोड रुपैयाँ ठूलो होइन।’
बीबीसी । चितवनको नारायणगढमा निर्माण हुने उदयकुमार(चमेलीदेवी पिया चितवन स्पाइनल इन्जुरी अस्पताल तथा पुनर्स्थापना केन्द्रका लागि एक स्थानीय व्यवसायीले तीन करोड रुपैयाँ दान दिएका छन्। जिल्लाका पुराना व्यवसायी उदयकुमार पियाले अस्पताल बनाउने आफ्नो चाहनाबमोजिम उक्त रकम प्रदान गरेको बताए।
विभिन्न कारणले मेरुदण्डमा चोटपटक भएका बिरामीलाई सहयोग पुगोस् भनेर आफूले सहयोग गरेको पियाको भनाइ छ। उनी भन्छन्, ‘पहिलेदेखि नै अस्पताल बनाउने मेरो चाहना थियो। मेरो आकाङ्क्षा पूरा भयो, तीन करोड रुपैयाँ ठूलो होइन।’
ठूलो मन
भरतपुर महानगरपालिका–३ मा २५ शय्याको उदयकुमार–चमेलीदेवी पिया चितवन स्पाइनल इन्जुरी अस्पताल तथा पुनर्स्थापना केन्द्र बन्न लागेको छ।
विसं २००५ सालमा चितवन झरेका पियाले घरपरिवारको सल्लाहअनुसार नै अस्पताल निर्माणका लागि रकम दिएको बताए। उनले भने, ‘छोराछोरीसँग सल्लाह गरेरै मैले रकम दिएको हुँ। मेरा छोराछोरी यहीँ छन्, नपत्याए सोध्नूस् न।’
चितवन रोटरी क्लबको अगुवाइमा छ करोड रुपैयाँ लागतमा दुई वर्षमा अस्पताल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको परियोजनाका संयोजक उत्तमलाल चुकेले बताए ।
चितवन रोटरी क्लबका पूर्वअध्यक्ष चन्द्रमान श्रेष्ठले भने, ‘उहाँको सहयोगका कारण बिरामीहरूलाई ठूलो सहयोग पुग्नेछ। पैसा ठूलो कुरा होइन, उहाँको मन ठूलो छ।’
आफ्ना बुवाले गर्न खोजेको काममा आफूहरूको कुनै आपत्ति नभएको पियाका जेठा छोरा डा.मदन पियाले बताए। ‘बुवाले राम्रो काम गर्नुभएको छ, यसमा हाम्रो कुनै आपत्ति छैन। उहाँले नै कमाएको पैसा हो।’ पियाका अनुसार उनले होमियोप्याथीको स्वाध्ययन गरेका छन्।
विश्वास
प्रस्तावित अस्पताल निर्माण भई सञ्चालनमा आएपछि स्पाइनल इन्जुरी भएका बिरामीहरूले न्यूनतम शुल्कमा उच्चस्तरीय उपचार पाउने विश्वास लिइएको छ। बुवाले गर्न खोजेको काम ऐतिहासिक भएको पियाकी छोरी कल्पनादेवी पिया श्रेष्ठले बताइन्। ‘ऐतिहासिक काम हो, सबैलाई प्रेरणा दिने काम भएको छ। यो हाम्रो लागि मात्रै नभई पछिका पुस्तालाई समेत युग–युगसम्म रहनेछ।’
बन्दीपुर हुँदै चितवन झरेका पियाले एउटा विद्यालय निर्माण गरेका छन् भने नारायणगढकै कन्या विद्यालयका लागि तीन लाख रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै उनले देवघाटमा ४० लाख रुपैयाँको लागतमा किरियापुत्री भवन निर्माण गरिरहेका छन्। उनी भन्छन्, ‘अस्पताल बनाउने इच्छा पूरा भयो, अब विश्वविद्यालय बनाउने धोको छ।