भारत हरियाणाका अमित कुमार र काठमाडौंको ठमेलमा सीएफसी रेष्टुरेन्टकी सञ्चालिका चिनियाँ महिला वाङ होङसिया र केही नाइजेरयिन नागरिक मिलेर सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिबाट ४० लाखभन्दा बढी रकम ठगी गरेको खुलेको छ ।
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, भाइबर तथा इमोबाट चिट्ठा परेको भन्दै ४० लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्ने विदेशी नागरिक पक्राउ परेका छन् ।
भारत हरियाणाका अमित कुमार र काठमाडौंको ठमेलमा सीएफसी रेष्टुरेन्टकी सञ्चालिका चिनियाँ महिला वाङ होङसिया र केही नाइजेरयिन नागरिक मिलेर सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिबाट ४० लाखभन्दा बढी रकम ठगी गरेको खुलेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अमित कुमार र वाङ होङसियालाई मङ्गलबार काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ परेका भारतीय नागरिक काठमाडौंको एक गेष्टहाउसमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।
उनीहरुले विभिन्न व्यक्तिलाई सामाजिक सञ्जालमार्फत चिट्ठा परेको र उक्त रकम प्राप्त गर्न केही शुल्क चाहिने भन्दै ठगी गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।
त्यसरी उठाएको रकम भारतीय नागरिक अमितको एनआईसी एसिया बैङ्कको खातामा जम्मा गर्न लगाउने र पछि त्यो रकम बाँडेर लिने गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले काठमाडौंमा लामो समयदेखि त्यसरी सामाजिक सञ्जालमार्फत ठगी गरेको समेत प्रहरीले जनाएको छ ।