सैनिक विद्यालय बाँसबारीका प्रधानाध्यापकसहित तीन जना बर्खास्त

नेपाली सेनाले प्रधानाध्यापकसहित एक शिक्षक र एक कर्मचारीलाई सोमबारदेखि बर्खास्त गरेको जानकारी गराएको छ ।

काठमाडौं । विद्यार्थी भर्नामा अनियमितता गरेको भन्दै सैनिक मुख्यालयले सैनिक विद्यालय बाँसबारीका प्रधानाध्यापकसहित तीन जनालाई बर्खास्त गरेको जानकारी दिएको छ ।

नेपाली सेनाले प्रधानाध्यापकसहित एक शिक्षक र एक कर्मचारीलाई सोमबारदेखि बर्खास्त गरेको जानकारी गराएको छ ।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित श्री रिपुमर्दिनी सैनिक विद्यालयको नयाँ शैक्षिक सत्र २०७६ मा कक्षा १ का लागि विद्यार्थी भर्नाका निमित्त सञ्चालन भएको लिखित प्रवेश परीक्षामा चलखेल गरेपछि उनीहरुलाई बर्खास्त गरिएको सेनाले जनाएको छ ।