चीनको केरुङबाट काठमाडौंतर्फ सामान बोकेर आउँदै गरेको ना४ख ९०६८ नम्बरको ट्रकबाट प्रहरीले सुन बरामद गरेको हो ।
काठमाडौं । रसुवाको टिमुरे नाकाबाट ७ किलो सुनसहित १ जना पक्राउ परेका छन् ।
चीनको केरुङबाट काठमाडौंतर्फ सामान बोकेर आउँदै गरेको ना४ख ९०६८ नम्बरको ट्रकबाट प्रहरीले सुन बरामद गरेको हो ।
टिमुरे भन्सार कार्यालयबाट जाँचपास गरी काठमाडौं आउँदै गरेको ट्रकलाई खानतालासी गर्दा सुन फेला परेको जिल्ला प्रहरी कार्यलय रसुवाले जानकारी दिएको छ ।
पक्राउ परेका व्यक्तिका बारेमा प्रहरीले खुलाएको छैन ।