भूकम्प मापन केन्द्रका अनुसार बुधवार बिहान करिब ६ बजेर २९ मिनेट जाँदा रेकर्ड गरिएको पहिलो भूकम्प लोकल म्याग्निट्युडमा ५.२ मापन गरिएको थियो।त्यसको ११ मिनेटपछि अर्थात् ६ बजेर ४० मिनेट जाँदा रेकर्ड गरिएको दोस्रो भूकम्पको क्षमता लोकल म्याग्निट्युडमा ४.३ थियो।
काठमडौं । काठमडौं उपत्यका र मध्य नेपालका विभिन्न स्थानलाई कम्तीमा दुईओटा भूकम्पको धक्का महशुस गरिएको छ । खानी तथा भूगर्भ विभागको भूकम्प मापन केन्द्रका अनुसार बुधवार बिहान करिब ६ बजेर २९ मिनेट जाँदा रेकर्ड गरिएको पहिलो भूकम्प लोकल म्याग्निट्युडमा ५.२ मापन गरिएको थियो।
त्यसको ११ मिनेटपछि अर्थात् ६ बजेर ४० मिनेट जाँदा रेकर्ड गरिएको दोस्रो भूकम्पको क्षमता लोकल म्याग्निट्युडमा ४.३ थियो। केन्द्रले यी दुवै भौगर्भिक घटनालाई चार वर्षअघि वैशाख १२ मा गोरखा केन्द्रविन्दु हुनेगरी गएको विनाशकारी भूकम्पको शृङ्खलाका परकम्पका रूपमा सूचीकृत गरेको छ।
दुवै परकम्पको केन्द्रविन्दु धादिङको नौबीसे रहेको भूकम्प मापन केन्द्रका चिन्तन तिम्सिनाले बीबीसी नेपाली सेवालाई बताए। म्याग्निट्युड ५.० देखि ५.९ सम्मको भूकम्पलाई मध्यम वर्गको भूकम्प मानिन्छ र त्यसले क्षति पनि पुर्याउन सक्ने भूगर्भविदहरु बताउँछन् ।
म्याग्निट्युड ४.० देखि ४.९ सम्मको भूकम्पलाई सामान्य वर्गको मानिन्छ। तर, अहिलेसम्म बिहानको भूकम्पका कारण क्षति पुगेको विवरण प्राप्त नभएको गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। बिहान धादिङ नौबिशे केन्द्रबिन्दु बनाएर गएको दुबै भुकम्पबाट कुनै क्षति भएको जानकारी आएको छैन ।
यसैबीच बुधबार बिहान नै नेपाली समय अनुसार करिब दुई बजेतिर भारतको असम केन्द्रविन्दु हुनेगरी ६.१ म्याग्निट्युडको भूकम्प गएको थियो ।