कोटेश्वर–तिनकुने क्षेत्रको जाम हटाउन ‘पीक एन्ड ड्रप’ अभियान

काटेश्वर क्षेत्रमा दैनिक जसो घण्टौंसम्म सडक जाम हुन थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सो क्षेत्रमा चल्ने भाडाका सवारी साधनलाई अनिवार्य रुपमा पिक एण्ड ड्रपमा रोख्ने अभियान ल्याएको हो ।

काठमाडौं । कोटेश्वर जडिबुटीको सडक जाम हटाउन ट्राफिक प्रहरीले तिनकुने कोटेश्वर क्षेत्रमा चल्ने भाडाका सवारी साधनलाई तोकिएको ठाँउबाट मात्रै यात्रु चढाउन र ओराल्न अनिवार्य गर्ने तयारी गरेको छ ।

काटेश्वर क्षेत्रमा दैनिक जसो घण्टौंसम्म सडक जाम हुन थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सो क्षेत्रमा चल्ने भाडाका सवारी साधनलाई अनिवार्य रुपमा ‘पीक एन्ड ड्रप’मा रोख्ने अभियान ल्याएको हो ।

महाशाखाले यो अभियान बैैशाख १५ गतेबाट कडाईका साथ लागू गर्ने जनाएको छ । जथाभाबी सडकमा यात्रु ओराल्ने र चढाउने गरेका कारण सडक जामको समस्या भएको भन्दै ट्राफिक प्रहरीले ‘पीक एण्ड ड्रप’मा सवारी रोख्ने अभियान ल्याएको हो ।