काठमाडौं महानगरका संस्थागत बिद्यालयमा बढाइएको शुल्क खारेज

महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले यसअघि (२०७५ फागुन २६ गते) ‘बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति’ले वृद्धि गरेको शुल्क खारेज गरेको हो ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा बढाइएको शुल्क खारेज गरेको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले यसअघि (२०७५ फागुन २६ गते) ‘बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति’ले वृद्धि गरेको शुल्क खारेज गरेको हो ।

काठमाडौं महानगरले बिद्यालय शिक्षा व्यवस्थापनका लागि जारी गरेको ‘शिक्षा ऐन–२०७५’ र ‘बिद्यालय शिक्षा व्यबस्थापन नियमावली–२०७४’ बमोजिम शुल्क निर्धारण गर्ने अधिकार नगर कार्यपालिकामा मात्र छ ।

‘अहिलेसम्म नगर कार्यपालिकामा संस्थागत बिद्यालयको शुल्क निर्धारण तथा पुनरावलोकनका लागि कुनै पनि प्रस्ताव आएको छैन । शुल्क खारेजीको निर्णयका बिषयमा जानकारी दिँदै मेयर शाक्यले–संस्थागत बिद्यालयले शैक्षिक सत्र २०७५ मा लिइएको शुल्क मात्र लिन पाइन्ने बताइन् । ‘संस्थागत बिद्यालयको शुल्कको बैज्ञानिकताका बिषयमा अध्ययन गरेर मात्र हामी निर्णय लिन्छौँ।’ मेयर शाक्यको भनाई छ ।

‘बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समितिले कार्यपालिकालाई छलेर निर्णय ग¥यो । यसप्रकारका निर्णय खारेजी हुनुको बिकल्प छैन ।’ महानगरको सामाजिक बिकास समितिका संयोजक मुकुन्द रिजालले भने । उक्त समिति (बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति)ले शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम शुल्क १,६३० कायम गरेको थियो ।

गएको २ बर्षअघि यस बर्गका बिद्यालयको शुल्क १,१८१ रुपैयाँ थियो । त्यस्तै ‘ग’ बर्गका बिद्यालयको २,०२४, रुपैयाँ ‘ख’ बर्गका बिद्यालयको २,४१८ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको २,८१२ रुपैयाँ तोकिएको थियो । शैक्षिक सत्र २०७५ मा यस बर्गका बिद्यालयका लागि अधिकतम शुल्क क्रमशः १,५७५; १,९६९ र २,३६३ रुपैयाँ कायम थियो ।

आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ बर्गका बिद्यालयको अधिकतम् शुल्क १,९०१ रुपैयाँ, ‘ग’ बर्गका बिद्यालयको २,३५१ रुपैयाँ, ‘ख’ बर्गका बिद्यालयको २,८०१ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको ३,२५१ रुपैयाँ तोकिएको थियो । यस अघि यी बर्गका बिद्यालयको अधिकतम् शुल्क १,३५०; १,८००; २,२५० र २७०० रुपैयाँ थियो ।

माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम् शुल्क २,५३७ रुपैयाँ तोकेको थियो । थएको बर्ष यी बर्गका बिद्यालयको अधिकतम् शुल्क १,८३८ रुपैयाँ थियो । त्यस्तै शैक्षिक सत्र २०७६ का लागि ‘ग’ बर्गका लागि ३,१४९ रुपैयाँ, ‘ख’ बर्गका लागि ३,७६२ रुपैयाँ र क बर्गका लागि ४,३७३ रुपैयाँ अधिकतम् शुल्क तोकिएको थियो । यी बगृका बिद्यालयमा गएको बर्षको अधिकतम् शुल्क क्रमशः २,४५०; ३,०६३ र ३,६७५ रुपैयाँ थियो ।

यो शुल्क सम्बन्धी व्यवस्था साबिक जिल्ला शिक्षा कार्यालय हुँदै महानगरमा आएको हो । अहिलेसम्म महानगर नगर कार्यपालिकाले संस्थागत बिद्यालयको शुल्कका सम्बन्धमा कुनै निर्णय गरेको छैन ।