एसएमपी आयात प्रतिबन्धको असर : पाउडर उद्योग मालामाल, टाट पल्टिँदै बिस्कुट इन्डस्ट्रिज

विदेशबाट धूलो दूध ल्याउँदा नेपालका किसान पलायन हुने र डेरी उद्योग बन्द सङ्कटमा पर्नेसम्मको व्याख्या गरेपछि मन्त्री खनालले उनीहरुको संरक्षण गर्ने नाममा धूलो दूधलाई कच्चापदार्थको रुपमा प्रयोग गर्ने बिस्कुट उद्योगमा भएको अर्बौं लगानी जोखिममा पारिदिएको एक बिस्कुट उद्योगीले बताए ।

काठमाडौं । कृषिमन्त्री चक्रपाणि खनालले गत असोजमा स्किम्ड मिल्क पाउडर (धूलो दूध) आयातमा प्रतिबन्ध लगाएपछि स्वदेशी पाउडर उद्योगको ‘एकाधिकार’ बढेको छ भने बिस्कुट इन्डस्ट्रिज टाट पल्टिने अवस्थामा पुगेका छन् । डेरी क्षेत्रका केही उद्योगीको उक्साहटमा कृषिमन्त्री खनालले धूलो दूध आयातमा प्रतिबन्ध लगाएपछि नेपालमा सञ्चालित १६ ओटा बिस्कुट उद्योगको भविष्य जोखिममा छ ।

मन्त्री खनालले बिनाअध्ययन खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिएर धूलो दूध आयात प्रतिबन्ध लगाएका थिए । केही उद्योगीले स्वदेशी उद्योगको संरक्षण र किसानको प्रवद्र्धनको हवला दिएर मन्त्री खनाललाई प्रभावित परेपछि उनले धूलो दूध आयातमा प्रतिबन्ध लगाएका हुन् ।

सुजल डेरी आफैंले पाउडर प्लान्ट चलाएको छ । त्यसैगरी सरकारी स्वामित्वमा रहेको संस्थान दुग्ध विकास संस्थान (डीडीसी)ले पनि पाउडर बनाउने गरेको छ । र नेपाल डेरी उद्योग सङ्घको पहलमा लामो समयदेखि बन्द रहेको चितवन मिल्क पनि सञ्चालनमा आएको छ । तीन ओटा प्लान्टबाट उत्पादित पाउडरले समग्र देशको माग धान्ने भन्दै मन्त्री खनाललाई ‘ब्रिफिङ’ गरेपछि उनले आयात प्रतिबन्ध लगाएका हुन् ।

नेपालमा ३५ ओटा बिस्कुट उद्योग छन् । ती उद्योगमा ७ अर्ब रुपैयाँ लगानी भएको छ । ३५ ओटा उद्योगमध्ये आधा उद्योगको मुख्य कच्चापदार्थ भनेकै धूलो दूध हो । खासगरी प्रिमियम बिस्कुट बनाउन धूलो दूध अनिवार्य हुन्छ ।

विदेशबाट धूलो दूध ल्याउँदा नेपालका किसान पलायन हुने र डेरी उद्योग बन्द सङ्कटमा पर्नेसम्मको व्याख्या गरेपछि मन्त्री खनालले उनीहरुको संरक्षण गर्ने नाममा धूलो दूधलाई कच्चापदार्थको रुपमा प्रयोग गर्ने बिस्कुट उद्योगमा भएको अर्बौं लगानी जोखिममा पारिदिएको एक बिस्कुट उद्योगीले बताए ।

स्वदेशी पाउडर प्लान्टमा भित्रिने दूधबाट बनेको पाउडरले देशको माग धान्नै सक्दैन । डीडीसीले जति पाउडर बनाउँँछ, त्यति आफैंले खपत गर्छ । चितवन मिल्कलाई नेपाल डेरी उद्योग सङ्घमा आबद्ध उद्योगीले दूध दिन्छन्, त्यही दूध ‘कन्भर्सन’ गरेर फेरि सङ्घमा आबद्ध उद्योगीलाई नै उपलब्ध गराउँछ । त्यसैगरी सुजल डेरीले पनि आफूलाई चाहिने आफैंले खपत गर्छ । र केही मात्रामा बजारमा बिक्रीका लागि पठाउने गरेको छ ।

तर आजसम्म बिस्कुट उद्योगका लागि आवश्यक धूलो दूध कसैले पनि उत्पादन नगरेको बिस्कुट उत्पादक सङ्घका एक पदाधिकारीले क्यापिटल नेपाललाई जानकारी दिए ।

डेरी उद्योगीको लहैलहैमा मन्त्री खनालले कुनकुन क्षेत्रलाई कति धूलो दूध आवश्यक पर्छ भन्ने सामान्य अध्ययन समेत नगरी खाद्य प्रविधिलाई आयात बन्द गर्न लगाउँदा बिस्कुट उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । डेरी उद्योगीले धूलो दूध डेरी उद्योगमा मात्रै प्रयोग हुने भनेर मन्त्रीलाई बुझाएको र उनीहरुकै भनाइलाई आधार मानेर मन्त्री खनालले धूलो दूध आयात रोकेको बिस्कुट उद्योगीको बुझाइ छ ।

नेपालमा ३५ ओटा बिस्कुट उद्योग छन् । ती उद्योगमा ७ अर्ब रुपैयाँ लगानी भएको छ । ३५ ओटा उद्योगमध्ये आधा उद्योगको मुख्य कच्चापदार्थ भनेकै धूलो दूध हो । खासगरी प्रिमियम बिस्कुट बनाउन धूलो दूध अनिवार्य हुन्छ । धूलो दूधको फ्लेवर नहाली बिस्कुट नबन्ने अर्का एक उद्योगी बताए ।

डेरी उद्योगीको लहैलहैमा मन्त्री खनालले कुनकुन क्षेत्रलाई कति धूलो दूध आवश्यक पर्छ भन्ने सामान्य अध्ययन समेत नगरी खाद्य प्रविधिलाई आयात बन्द गर्न लगाउँदा बिस्कुट उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

तर, सरकारले ७ महिनादेखि धूलो दूध आयात प्रतिबन्ध लगाएकाले प्रिमियम बिस्कुटको उत्पादनसमेत ओरालो लागेको उद्योगीहरु बताउँछन् । बिस्कुट उत्पादक सङ्घका अनुसार धूलो दूध अभावकै कारण अहिले ३५ उद्योगमध्ये १६ ओटा उद्योग मात्रै सञ्चालनमा छन् । सञ्चालित उद्योगहरु सबै आधाा मात्रै क्षमतामा चलेका छन् ।

मन्त्रीको निर्देशनपछि धूलो दूध आयातको अनुज्ञापत्र नै दिइएन

विभागीय मन्त्री खनालको निर्देशनपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ७ महिनादेखि विदेशबाट धूलो आयात गर्न एउटा पनि अनुज्ञापत्र दिएको छैन । ७ महिनाअघि जति दूध ल्याएर स्टक राखेका थिए, त्यही दूध प्रयोग गरेर उद्योगले प्रिमियम बिस्कुट बनाइरहेका थिए । क्षमता घटाएर भए पनि केही उद्योगले थोरथोरै मात्रै उत्पादन गरिरहेका छन् ।

किन्ने ठाउँ छैन, विदेशबाट ल्याउन पनि पाइँदैन

सरकारले धूलो दूध आयातमा प्रतिबन्ध लगाएपछि बिस्कुट उद्योगीले स्वदेशमा किन्न पनि पाएका छैनन् । विदेशबाट आयात पनि रोकिएको छ । ‘हाम्रो मुख्य कच्चापदार्थ भनेकै धूलो दूध हो । सरकारले न नेपालभित्र किन्ने ठाउँ देखाउँछ, न आयात गर्न नै दिन्छ,’ एक उद्योगीले भने, ‘कच्चापदार्थ नै नभई कसरी बिस्कुट बनाउने ? विदेशबाट ल्याउन नदिए पनि किन्ने ठाउँ त देखाइदिनुपर्यो नि ।’

चितवन मिल्कले बिस्कुट उद्योगीलाई पाउडर दिँदैन । किनभने डेरी उद्योग सङ्घले आफूलाई बढी भएको दूध कन्भर्सनलाई दिएको हो । कन्भर्सनपछि उनीहरुले नै लैजान्छन् । सुजलले पनि आफूले प्रयोग गरेर बाँकी रहेको दूध मात्रै बजारमा पठाउने गर्छ । सुजलले जति दूध बजारमा पठाउँछ, त्यसले बिस्कुटको माग सम्बोधन गर्न सक्दैन । डीडीसीले ट्रेडर्सलाई धूलो दूध दिन मिल्दैन भनिसकेको छ । हामीले ट्रेडर्समार्फत खरिद गर्ने गरेको एक उद्योगी बताउँछन् ।

कसरी उद्योग चलाउने मन्त्रीज्यू ?

कच्चापदार्थको ठूलो अभाव भएपछि बिस्कुट उद्योगीले केही दिनअघि प्रधानमन्त्री केपी ओलीसमक्ष भेटेर उद्योग बन्द गर्नुको विकल्प नभएको गुनासो गरेका थिए ।

स्वदेशी पाउडर प्लान्टमा भित्रिने दूधबाट बनेको पाउडरले देशको माग धान्नै सक्दैन । डीडीसीले जति पाउडर बनाउँँछ, त्यति आफैंले खपत गर्छ । चितवन मिल्कलाई नेपाल डेरी उद्योग सङ्घमा आबद्ध उद्योगीले दूध दिन्छन्, त्यही दूध ‘कन्भर्सन’ गरेर फेरि सङ्घमा आबद्ध उद्योगीलाई नै उपलब्ध गराउँछ । त्यसैगरी सुजल डेरीले पनि आफूलाई चाहिने आफैंले खपत गर्छ ।

कृषिमन्त्री खनालले ७ महिनादेखि धूलो दूध आयातमा प्रतिबन्ध लगाएको र नेपालमै किन्ने व्यवस्थासमेत नमिलाउँदा उद्योगको भविष्य अन्योलमा परेको गुनासो गरेका थिए । बिस्कुट उत्पादक सङ्घका नेतृत्वले प्रधानमन्त्री ओलीलाई भेटेको थियो । नेपाली पाउडर प्लाउन्ड बिस्कुट उद्योगलाई धूलो दूध नदिने । विदेशबाट ल्याउन मन्त्री नदिने ।

आयात बन्दबारे मन्त्री खनालको प्रतिक्रिया

कृषिमन्त्री खनालले बजारमा गुणस्तरहीन र मिति सकिएका धूलो दूध नेपालमा छ्पापछ्याप्ती पाइएकाले आयातका लागि आयात अनुज्ञापत्र रोक्न विभागले निर्देशन दिएको हो । ‘मलाई कसैले पनि उक्साएको होइन र नबुझी बन्द गरेको पनि होइन,’ मन्त्री खनालले क्यापिटल नेपालसँग भने, ‘त्यो बेला नेपालमा भित्रिएको धूलो दूधको गुणस्तरमा ठूलो समस्या देखिएकाले विभागले रोक्न भनेको हो ।’