अनधिकृतरुपमा सिमकार्ड बिक्री गर्ने पक्राउ

प्रहरीले नयाँ बसपार्क र बालाजु क्षेत्रबाट दोलखाका ४६ वर्षीय दिलबहादुर खत्री र २० वर्षीय राजकुमार दाहाललाई नियन्त्रणमा लिएको हो । सिमकार्डको दुरुपयोग गरी बिक्री गरेको अवस्थामा नियन्त्रणमा लिएको महाशाखाका एसपी सोमेन्द्र राठौरले जानकारी दिए ।

काठमाडाैं । विभिन्न दूरसञ्चार कम्पनीका सिमकार्ड अनधिकृतरुपमा बिक्री गर्ने पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले नयाँ बसपार्क र बालाजु क्षेत्रबाट दोलखाका ४६ वर्षीय दिलबहादुर खत्री र २० वर्षीय राजकुमार दाहाललाई नियन्त्रणमा लिएको हो । सिमकार्डको दुरुपयोग गरी बिक्री गरेको अवस्थामा नियन्त्रणमा लिएको महाशाखाका एसपी सोमेन्द्र राठौरले जानकारी दिए ।

प्रहरीले दुवै जनाको पसलबाट नेपाल टेलिकमका १० थान र एनसेलका २६ थान सिमसमेत फेला पारेको छ । उनीहरुले एउटा सिमको ३ सयदेखि ५ सय रूपैयाँसम्ममा बिक्री गर्ने गरेको प्रहरीको दाबी छ ।

उनीहरुलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुसन्धान सुरु गरेको प्रहरीले बताएकाे छ ।