घरभित्रै सुतिरहेकाबेला करिब २ बजेतिर वर्षासँगै परेको चट्याङ् लागेर भद्रपुर नगरपालिका–६ नयाँबारी बस्ने ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।
झापा । झापाको भद्रपुरमा शुक्रबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । घरभित्रै सुतिरहेकाबेला करिब २ बजेतिर वर्षासँगै परेको चट्याङ् लागेर भद्रपुर नगरपालिका–६ नयाँबारी बस्ने ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।
चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।