ललिता निवासका जग्गाको सबै कित्ताहरु रोक्का भइसक्यो : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर शुक्रबारमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन् ।

शनिबार काठमाडौंमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अर्यालले ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ताहरु किटान गरी रोक्का गरेको जानकारी दिइन् । उनले ७ दिनको समयसिमा राखेर कित्ता काट गर्ने काम सम्पन्न गरेको मन्त्री अर्यालको भनाइ छ ।

ललिता निवासका विवादित जग्गाहरुको बारेमा सत्यतथ्य बाहिर ल्याउनको लागि सरकारले छानबिन गर्न शक्तिशाली आयोग बनाउने कामको सुरुवात गरेको बताउदै मन्त्री अर्यालले सार्वजनिक र गुठीका अतिक्रमण भएका सरकारी जग्गाहरु सबै फिर्ता गर्ने पनि बताइन ।