पूर्व आकस्मिक एम्बुलेन्स सेवाका लागि महानगर र नेपाल एम्बुलेन्स सेवाबीच सम्झौता

सम्झौतामा महानगरका तर्फबाट मेयर विद्या सुन्दर शाक्य र संस्थाका अध्यक्ष रन्जित आचार्यले हस्ताक्षर गरेका छन् । काठमाडौं उपत्यकाबाहेक चितवन, बुटवल र पोखरामा एम्बुलेन्स सेवा प्रदान गर्दै आइरहेको संस्थासँग महानगरले सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा सम्झौता गरेको हो ।

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच अस्पताल पूर्व आकस्मिक सेवा संस्था ‘प्रि हस्पिटल केयर’ सञ्चालनका लागि एक सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा महानगरका तर्फबाट मेयर विद्या सुन्दर शाक्य र संस्थाका अध्यक्ष रन्जित आचार्यले हस्ताक्षर गरेका छन् । काठमाडौं उपत्यकाबाहेक चितवन, बुटवल र पोखरामा एम्बुलेन्स सेवा प्रदान गर्दै आइरहेको संस्थासँग महानगरले सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा सम्झौता गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रन्जित आचार्यले आगामी केही वर्षमै प्रत्येक प्रदेशमा पाँच पाँच ओटाका दरले देशैभर ३५ ओटा आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य रहेको बताएका छन् ।

अध्यक्ष आचार्यले संस्थाका एम्बुलेन्सले अरुभन्दा आधुनिक प्रविधिबाट सुसज्जित र तालिमप्राप्त दक्ष स्वास्थकर्मीसहित सम्पूर्ण सामग्रीयुक्तसेवा दिँदै आइरहेको बताए ।