प्रेम विवाह गरेको एक वर्ष नपुग्दै युवतीको हत्या, श्रीमानसहित ३ जना पक्राउ

सुनितासंगै उनका श्रीमान्ले राति नौ बजेको समयमा नुहाउन भन्दै वाणगंगा नदीमा गएका थिए । तर, उनको नदी किनारामै शव भेटिनुले उनको आफ्नै श्रीमानले हत्या गरेको हुनसक्ने भन्दै घटनाकाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

कपिलबस्तु । कपिलवस्तुको वाणगंगा नदी किनारमा एक युवतीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । वाणगंगा नगरपालिका– ८ बालापुरमा २१ वर्षीय सुनिता थारुको विभत्स तरिकाबाट हत्या भएको अवस्थामा शव भेटिएको हो ।

सुनितासंगै उनका श्रीमान्ले राति नौ बजेको समयमा नुहाउन भन्दै वाणगंगा नदीमा गएका थिए । तर, उनको नदी किनारामै शव भेटिनुले उनको आफ्नै श्रीमानले हत्या गरेको हुनसक्ने भन्दै घटनाकाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि श्रीमानसहित परिवारका तीन जनालाई नियन्त्रणमा लिएको छ ।

हत्यास्थलमा अहिले सुरक्षाकर्मी र स्थानीयको बाक्लो भीड लागेको छ । थारुको एक वर्षअघि प्रेम विवाह भएको बताइएको छ । नुहाउन गएकी छोरी रातिसम्म घर नफर्किएपछि उनका माइती पक्षका बुवा तुल्सी थारुले विहान साढे ३ बजे प्रहरीलाई जानकारी गराएका थिए ।

सुनितालाई कुटपिटसंगै यातना दिएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानले बताएको छ । विगतका दिनहरुमा पनि घरकी सासु र दिदीले यातना दिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।