कार्यालयले चालु आर्थिक वर्ष २०७४/७५ मा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट जिल्लाका ४९ जना उद्यमीलाई सामग्री खरिदका लागि २४ लाख ८७ हजार ७५० रुपैयाँ अनुदान सहयोग गरेको हो ।
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब २५ लाख रुपैयाँ बराबरको अनुदान सहयोग गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्ष २०७४/७५ मा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट जिल्लाका ४९ जना उद्यमीलाई सामग्री खरिदका लागि २४ लाख ८७ हजार ७५० रुपैयाँ अनुदान सहयोग गरेको हो ।
उद्यमीले २० प्रतिशत आफ्नो लगानी गरी उद्योगका लागि आवश्यक पर्ने मेसिन औजार उक्त बजेटबाट खरिद गर्नुपर्ने प्रावधान राखिएको कार्यालयका उद्योग प्रशासन प्रमुख खड्ग बस्नेतले बताए ।
जिल्लाका ग्रामीण भेगमा उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने लघु, घरेलु र साना उद्योगलाई प्रोत्साहनस्वरूप घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गरेको जनाएको छ ।
यस्तै, घरेलु तथा साना उद्योग विकास समितिले अदुवा प्रशोधन, दुग्ध परिकार, बेकरी, कृषि फर्म, चिया उद्योग र ढाका उद्योगलाई आवश्यक पर्ने मेसिन औजार ८० प्रतिशत अनुदानमा समेत वितरण गरेको छ ।
रासस