स्थायी परिचयपत्र उपलब्ध गराएको दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई प्रतिव्यक्ति दुई हजारका दरले भत्ता उपलब्ध गराएको हो । समुदायका एक सय ४६ जनालाई भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
सुर्खेत । राउटे समुदायलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला किनारमा बसोवास गर्दै आएका राउटेलाई चैत महीनाको भत्ता वितरण गरिएको हो ।
स्थायी परिचयपत्र उपलब्ध गराएको दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई प्रतिव्यक्ति दुई हजारका दरले भत्ता उपलब्ध गराएको हो । समुदायका एक सय ४६ जनालाई भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरेसँगै गुराँस गाउँपालिका दैलेखले मासिक रुपमा भत्ता उपलब्ध गराउँदै आएको छ । राउटे समुदायमा एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा गुराँस गाउँपालिका र सोसेक दैलेखमार्फत राउटे परियोजना सञ्चालित छ ।
उनीहरुलाई नियमित निगरानी राख्न तथा स्वास्थ्य शिक्षाका लागि तीनजना कर्मचारी समेत सो समुदायमा खटिएको सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले बताए ।
तीन जना कर्मचारीमध्ये एकजना अहेबले उनीहरुको स्वास्थ्यको हेरचाह गरेका छन् भने अन्य दुई जनाको जोडी शिक्षकले उनीहरुलाई आनीबानीमा परिवर्तन, पोषण, बाल संरक्षण र शिक्षाका लागि अनौपचारिक कक्षा सञ्चालन गर्न सुरु गरेको अध्यक्ष थापाले बताए ।