युवतीको मृत्युपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त, ६ प्रहरीसहित ७ जना घाइते

पूर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको लम्की सडकखन्डमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् ।

धनगढी । पूर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको लम्की सडकखन्डमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् ।

युवतीको मृत्यु भएपछि प्रदर्शनकारीले अवरुद्ध पारेको सडक सूचारु गर्ने क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडपहुँदा ६ जना प्रहरी जवानसहित १ जना प्रदर्शनकारी घाइते भएका हुन् ।

प्रदर्शनकारीहरुे तोडफोड गर्दै राजमार्ग अवरुद्ध गरेपछि लम्की बजार क्षेत्र तनावग्रस्त भएको छ । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस समेत प्रहार गरेको कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले जानकारी दिए ।

मंगलबार बिहान ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री लम्कीचुहानगरपालिका १ लम्कीकी २१ वर्षीया सुनिता रावलको घटनास्थलमै मृत्यु भएको थियो । राजमार्ग अवरुद्ध भएपछि पूर्वपश्चिम आउनेजाने दर्जनौ सवारी साधन बिच बाटो मै रोएिको छ ।