वीरगञ्ज महानगरपालिकाका २ ओटा दमकल, कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानरपालिका, पोखरीया नगरपालिकाको दमकलसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित ओम आश्रममा रहेको पेन्ट गोदाममा आगलागी हुँदा २ करोड बढीको क्षति भएको छ । मंगलबार साँझ करिब ६ बजेतिर स्थानीय अजय साहको पेन्ट गोदाममा आगलागी भएको हो ।
वीरगञ्ज महानगरपालिकाका २ ओटा दमकल, कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानरपालिका, पोखरीया नगरपालिकाको दमकलसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
आगलागी भएको क्षेत्रमा नेपाल फर्मासिटकल्स लिमिटेडको औषधि कारखाना र बाक्लो बस्ती रहेको छ । आगलागी भएको गोदाममा पुग्न साँगुरो बाटो भएको हुँदा आगो नियन्त्रणमा लिन ढिलाई भएको र ठूलो क्षेति भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
आगो करिब साढे २ घन्टापछि मात्रै नियन्त्रणमा आएको थियो ।