आगामी मे ५ का दिन राजधानी लिस्वोनस्थित नेपोन रेस्टुरेन्टमा बागगलुङबासी युवाको बृहत भेलाबाट बागलुङ समाज, पोर्चुगलको एक तदर्थ समिति गठन गर्ने गरि तयारी गरेको समितिका संयोजक प्रेम खड्काले जानकारी दिए ।
काठमाडौं । पोर्चुगलमा बसोवास गर्दै आएका बागलुङबासीहरुले साझा संस्थाको रूपमा बाग्लुङ्ग समाज, पोर्चुगल पुनर्गठन गर्ने भएका छन् ।आगामी मे ५ का दिन राजधानी लिस्वोनस्थित नेपोन रेस्टुरेन्टमा बागगलुङबासी युवाको बृहत भेलाबाट बागलुङ समाज, पोर्चुगलको एक तदर्थ समिति गठन गर्ने गरि तयारी गरेको समितिका संयोजक प्रेम खड्काले जानकारी दिए ।
पोर्चुगलको नेपाली डायस्पोरामा बागलुङवासीहरुको संख्या करिब एक हजार पाँच सयभन्दा बबढी रहेको अनुमान छ । बिगत २०१० मा स्थापना भएको यस संस्थाको क्रियाकलापप्रति आम चासो र चिन्ता भएकै बेला उक्त संस्थालाई पुनर्गठन गर्ने गरिन लागीएको खड्काले बताए ।
पोर्चुगलमा बसोवास गर्ने बागलुङबासी दाजुभाई तथा दिदी बहिनीहरुबीच आपसी भाईचारा, सद्भाव र सहयोग आदान प्रदान गर्ने र प्रवासमा बाग्लुङ्गवासीहरुको एकता कायम गर्ने उदेश्यले समाज पुनर्गठन गर्न लागिएको हो ।
उक्त पुनर्गठित तदर्थ समितिले आगामी एक वर्षमा बिभिन्न पेशा, व्यवसाय र अध्ययनका शिलशीलामा विश्वका बिभिन्न मुलुकहरुमा बसोवास गर्दै आएका बागलुङबासीहरुबीचको एकता, आपसी सद्भाव र बाग्लुङ्ग जिल्लाको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा आबश्यक सहयोग गर्ने उद्देश्य अनुरुप एक अन्तर्राष्ट्रिय संजाल निर्माण गर्ने छ । त्यस्तै, पोर्चुगलमा विश्व सम्मेलन गर्नेसमेत योजना रहेको जनाइएको छ ।