जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा आयोजना हुने यो प्रत्योगितामा एक करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रत्योगिता आयोजनाका लागि व्यापारिक प्रतिष्ठान चौधरी ग्रुपसँग आर्थिक सहयोगको बारेमा संघले समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चौधरी ग्रुपसँग मिलेर अन्तर विद्यालय स्तरीय फुटबल प्रत्योगिताको आयोजना गर्दैछ । संघले सातओटै प्रदेशका ५२ ओटा जिल्लाहरुबाट १५ सय विद्यालयहरुलाई यो प्रत्योगितामा समावेश गराउने बताएको छ । संघको अनुसार छनोट भएका विद्यालयबाट पनि प्रदेश स्तरीय फुटबल प्रत्योगिता आयोजना हुनेछ ।
विद्यालय स्तरीय फुटबल प्रत्योगिताको अन्तिम चरणको फुटबल प्रत्योगिताकोरुपमा प्रदेशबाट छनोट भएका समूहरुबीच राष्ट्रिय प्रत्योगिता सञ्चालन हुनेछ ।