नेपालमै बर्डफ्लुका कारण मानिसको मृत्यु, स्वास्थ्य सचिव चौधरी भन्छिन्,-अप्रत्यासित घटना

स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी काभ्रेमा २१ वर्षीय एक युवकको मृत्यु भएको जनाकरी दिएको हो । मृतकको नाम भने खुलाइएको छैन ।

काठमाडौं । नेपालमा पहिलो पटक बर्ड फ्लुका कारण मानिसको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी काभ्रेमा २१ वर्षीय एक युवकको मृत्यु भएको जनाकरी दिएको हो । मृतकको नाम भने खुलाइएको छैन ।

विरामी परेका ती युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्ट अनुसार ती युवकमा (एच फाइब एन वान) बर्डफ्लु भएको पुष्टि भएको थियो । उक्त रिपोर्ट यहि वैशाख १७ गते आएको थियो । ती युवकको भने मृत्यु भइसकेको छ ।

पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा.पुष्पा चौधरीले बर्ड फ्लुका कारण युवकको मृत्यु अप्रत्यासित घटना भएको संज्ञा बताइन् ।

ज्वरो आउनुका साथै खोकी लागेर युवक उपचारका लागि १० गते अस्पताल पुगेका थिए । उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइएको थियो । तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

उनको मृत्युपछि र्‍यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइए पनि त्यहाँ कुन भाइरस हो भन्ने प्रमाणित नभएपछि जापान पठाइएको थियो । सन् १९९६ मा यो भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २००३ देखि हालसम्म विश्वभरि ८६० जना व्यक्तिमा यो भाइरसको संक्रमण भएको पाइएको छ।

मानिसमा यो भाइरसको संक्रमण हुँदा ८६० मध्ये ४५४ जना करिब आधाजति बिरामीको मृत्यु भएको तथ्यांकले देखाउँछ।