राष्ट्रपति विद्यादेवी भण्डारीले अफराह्न ४ बजे संयुक्त बैठकमा नीति तथा कार्यत्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
काठमडौं । सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अफराह्न ४ बजे संयुक्त बैठकमा नीति तथा कार्यत्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले करिब एक घन्टा सम्बोधन गर्नेछिन् ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत भएको नीतिकै आधारमा आर्थिक वर्ष २०७६/७७ को बजेट तयार हुनेछ । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकार गठनपछि दोस्रोपटक नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।
राष्ट्रपतिद्वारा प्रस्तुत कार्यक्रम संसद्बाट पारित भएपछि प्रि–बजेट छलफल हुने छ । आगामी २४ गतेसम्ममा नीति तथा कार्यक्रम संसद्बाट पारित गरिने संसद सचिवालयले जनाएको छ । नीति पारित भएपछि प्रि–बजेटका विषयमा छलफल हुने बताइएको छ ।