बंगालको खाडीमा भएको ‘फानी’ले नेपालमा पनि असर गर्ने, अपराह्नतिर हावाहुरीसहित पानी पर्ने

पश्चिमी वायुको प्रभावले देशको पश्चिमी क्षेत्रका केही स्थानहरुमा शुक्रबार र शनिबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा आइतबारदेखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको महाशाखाको अनुमान छ ।

काठमाडौं । बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित चक्रवात समुद्री आँधी ‘फानी’ले नेपालमा पनि असर गर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार फानी नेपाल आउने सम्भावना अहिले सम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा शुक्रबार र शनिबार मौसमा प्रतिकुल हुने छ ।

अपराह्नतिर देशको पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन र चट्यांङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिमाली भू–भागमा पनि मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।