सेवाग्राहीबाट नगद २ हजार रुपैयाँ लिने काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने पाल्पा खानीगाउँ घर भएका ४० वर्षीय पीताम्बर गैरे बिहीबार दिउँसो पक्राउ परेका हुन् ।
काठमाडौं । श्रम स्वीकृतिको काम छिटो गरिदिन्छु भनी नगद लिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सेवाग्राहीबाट नगद २ हजार रुपैयाँ लिने काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने पाल्पा खानीगाउँ घर भएका ४० वर्षीय पीताम्बर गैरे बिहीबार दिउँसो पक्राउ परेका हुन् ।
ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार कार्यालयबाहिर पानी बिक्रीवितरण गरी हिँड्ने गैरेले श्रम स्वीकृतिका लागि लाइनमा बसेका दुई जना सेवाग्राहीलाई छिटो काम गरिदिन्छु भनी प्रलोभनमा पारी उनीहरुबाट जनही १–१ हजार रुपैयाँ लिएका थिए ।