४ वर्षभित्र आर्थिक वृद्धि १० प्रतिशत हुने

राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनपछि उत्साहजनक आर्थिक वृद्धि भएको र आगामी आर्थिक वर्ष तिब्र आर्थिक वृद्धिको वर्ष हुने बताइन ।

काठमाडौं । आगामी ४ वर्षभित्र नेपालले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने भएको छ । यसका लागि सार्वजनिक र निजीका साथै जनताबाट लगानी जुटाइ १० प्रतिशत वृद्धि हासिल गर्ने जानकारी दिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वैठककमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो जानकारी गराएकी हुन् । राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनपछि उत्साहजनक आर्थिक वृद्धि भएको र आगामी आर्थिक वर्ष तिब्र आर्थिक वृद्धिको वर्ष हुने बताइन ।

हाल ७ प्रतिशत आर्थिक वृद्धिले दोहरो अंकको आधार तयार पारेको उनको भनाई छ । पुर्वाधारमा लगानी बढाई आर्थिक वृद्धिको आधार तयार र राष्ट्रिय गौरवका आयोजना समया सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ ।