यसअघि एनवाईईएफको महत्वपूर्ण प्रयासको रुपमा लिइएको यो कार्यशाला अप्रिल २२ देखि मे ३ सम्म चलेको थियो । वेस्र्टन विश्वविद्यालयको आईभी बिजनेस स्कुलका विद्यार्थीहरुको प्रयासमा कार्याशाला भएको हो ।
काठमडौं । नेपालका युवा उद्यमीहरुको साझा मञ्च (एनवाईईएफ)ले व्यापार योजना विकास सम्बन्धी कार्याशालाका लागि लिडर प्रोजेक्टसँग पाँचौं पटक साझेदारी गरेको छ ।
यसअघि एनवाईईएफको महत्वपूर्ण प्रयासको रुपमा लिइएको यो कार्यशाला अप्रिल २२ देखि मे ३ सम्म चलेको थियो । वेस्र्टन विश्वविद्यालयको आईभी बिजनेस स्कुलका विद्यार्थीहरुको प्रयासमा कार्याशाला भएको हो ।
कार्याशालामा ४० जनाको सहभागिता रहेको थियो । लिडर प्रोजेक्टका लागि सबै प्रशिक्षकहरुलाई आइभी बिजनेस स्कुलको विशेष विधिबाट प्रशिक्षित गरिएको थियो । त्यस्तै पाठ्यसामाग्री पनि अन्तर्राष्ट्रिय स्तरको प्रयोग गरिएको थियो ।
दुई हप्ताको कार्याशालापछि अन्तिम दिनमा कार्याशालाका सहभागीहरुले आफ्नो व्यापारिक योजना निर्णायाकहरुलाई सुनाउने कार्यक्रम रहेको छ । निर्णायक मन्डलमा औद्योगिक क्षेत्रका विज्ञसहित उच्च व्यवसायिक व्यक्तित्वहरु सदस्य रहेका छन् ।
आयोजक एनवाईईएफ नेपालका युवा उद्यमीहरुको उच्च तहको साझा मञ्च हो । गैर नाफामुलक यस संस्थाको उद्देश्य सकारात्मक व्यापारिक सोँचको विकास गर्नु हो । नेपालका सबै निजी संस्थाहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघबाट यसले सेप्टेम्बर २६, २००३ मा संस्थागत मान्यता पाएको थियो ।
सीईसीआई अफ्रिका, एसीया र अमेरिकामा गरिबीविरुद्ध लड्न सन् १९५८ मा स्थापना भएको संस्था हो ।