कक्षा ४ र ५ को पाठ्यपुस्तक पछाइको कार्य ढिलाइ हुने भएको छ । लेखनकार्य बढी गर्नुपर्ने भएकाले पाठ्यपुस्तकको छपाइकार्य ढिलाइ हुने भएको हो । १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तक छपाइकार्य तीव्रगतिमा भइरहेको अध्यक्ष न्यौपानेको भनाइ छ ।
खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तकको छपाइ कार्य सुरु गरेको छ । स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए ।
छपाइको कार्य सुरु भएकाले जेठ पहिलो हप्ताबाट पढाइ सुरु गर्ने योजना गाउँपालिकाले बनाएको छ । तातोपानी गाउँपालिकामा रहेको ऐतिहासिक, धार्मिक र स्थानीय भाषाशैली समावेश भएको पाठ्यपुस्तक छपाइको प्रक्रियामा रहेको उनले बताए ।
कक्षा ४ र ५ को पाठ्यपुस्तक पछाइको कार्य ढिलाइ हुने भएको छ । लेखनकार्य बढी गर्नुपर्ने भएकाले पाठ्यपुस्तकको छपाइकार्य ढिलाइ हुने भएको हो । १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तक छपाइकार्य तीव्रगतिमा भइरहेको अध्यक्ष न्यौपानेको भनाइ छ ।
कलासंस्कृति, धार्मिकस्थल, भूगोल, इतिहास, सम्पदा, जडीबुटी र खेलकूद आदि विषयबारे नयाँ पुस्तालाई जानकारी प्रदान गर्न स्थानीय पाठ्यक्रम बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय पाठ्यक्रमले स्थानीयस्तरमा रहेका विविध विषयको जानकारी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले पाठ्यक्रम तयार गरिएको हो ।
गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा १ देखि ५ कक्षासम्म पढाइ सञ्चालन गर्नका लागि स्थानीय खसभाषाको पाठ्यपुस्तक निर्माण गरिएको गाउँपालिका अध्यक्ष न्यौपानेले जानकारी दिए ।
तातोपानी गाउँपालिकामा रहेमा रहेका २८ विद्यालयका प्रधानाध्यापकसँगको चौथो घुम्ती बैठकबाट स्थानीय खसभाषाको पाठ्यपुस्तक निर्माणको तयारी गरिएको उनको भनाई छ । गाउँपालिका क्षेत्रभित्र रहेका पर्यटन, कृषि, राजनीति, कलाकारितालाई प्रधान बनाइएको छ । भने ‘गुणस्तरीय शिक्षाले मात्र देश विकास नहुने भएकाले स्थानीय खसभाषाको पाठ्यपुस्तकलाई जोड दिइएको हो ।’
तातोपानी गाउँपालिकालाई नमूना शैक्षिक गन्तव्यस्थल बनाउन सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउँदै स्थानीय खसभाषाको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने अध्यक्ष न्यौपानेले जानकारी गराए ।
गाउँपालिकाभित्र रहेका २८ विद्यालयमा १ देखि ३ कक्षासम्म एकसाथ स्थानीय खसभाषाको पाठ्यपुस्तक पढाइ हुने भएको छ । स्थानीय पहिचान जोगाउन र नयाँपुस्तालाई इतिहास र खसभाषाको ज्ञान प्रदान गर्ने गाउँपालिकाको प्रमुख लक्ष्य रहेको छ । स्थानीय खसभाषामा आधारित पाठ्यपुस्तक निर्माण भएकाले पुरानो संस्कार र संस्कृतिको संरक्षण हुनेछ ।
तातोपानी गाउँपालिकामा रहेका धार्मिक, पर्यटन, कृषि र जडीबुटी विषयलाई पाठ्यपुस्तकमा समावेश गरिएको उनको भनाइ छ । अतिरिक्त विषयका रुपमा गाउँपालिकाले विद्यालयमा अध्ययन अध्यापन गर्ने तयारी थालेको छ ।
न्यौपानेले स्थानीय तहलाई आफू अनुकूलको पाठ्यपुस्तक निर्माण गर्न पाउने अधिकार भएकाले दस्तावेजका रुपमा पुस्तक प्रकाशनको तयारीमा जुटेको जानकारी दिए । जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका पाठ्यपुस्तक निर्माण गर्ने पहिलो गाउँपालिका बनेको छ । विद्यार्थीलाई बुझिने भाषामा स्थानीयस्तरको पाठ्यपुस्तक निर्माणले गाउँपालिकाको गरिमा बढाएको छ । रासस