ईडीभीको नतिजा आज आउँदै, यसरी हेर्नुहोस्

सोही बेला आवेदन दिएर विजेता भएकाहरुले भने ९ अक्टोबर २०१९ देखि अमेरिकाको भिसा प्राप्त गर्न सक्ने छन् । उनीहरुले सन् २०२०को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने छ ।

काठमाडौं । ईडीभी २०२० को नतिजा मंगलबार सार्वजनिक हुँदै छ । अमेरिकी डाइभर्सिटी भिसा (ईडीभी)का लागि आवेदन दिएकाहरुको मंगलबार नतिजा सार्वजनिक हुन लागेको हो । गत आसोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुल्ला भएको थियो ।

सोही बेला आवेदन दिएर विजेता भएकाहरुले भने ९ अक्टोबर २०१९ देखि अमेरिकाको भिसा प्राप्त गर्न सक्ने छन् । उनीहरुले सन् २०२०को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने छ ।

अमेरिकी दूतावासले आगामी वर्ष २०२० का विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर २०२० सेप्टेम्बरसमम आफूसँगै राख्न सुझाव दिएको छ ।
का अनुसार इडीभीको नतिजा https://www.dvlottery.state.gov/ मा लग अनगरेर हेर्न सकिने छ ।