छ महिनामै गत वर्षकै हाराहारीमा विदेशी लगानी

सरकार र राजनीतिक नेतृत्वले मुलुकको आर्थिक समृद्धिका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउनु पर्ने बताइरहँदा यो वर्षको शुभ सङ्केत देखिएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष ०७४÷७५ को पहिलो ६ महिनामा लगानी प्रतिबद्धता बढेको छ ।

६ महिनामा ९१ मुलुकबाट १४ अर्ब १४ अर्ब २४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । गत वर्ष १२ महिनामा १५ अर्ब ११ करोड रुपैयाँ मात्र प्रतिबद्धता आएको थियो ।

सरकार र राजनीतिक नेतृत्वले मुलुकको आर्थिक समृद्धिका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउनु पर्ने बताइरहँदा यो वर्षको शुभ सङ्केत देखिएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष ०७४÷७५ को पहिलो ६ महिनामा लगानी प्रतिबद्धता बढेको छ ।

गत आर्थिक वर्ष ०७३÷७४मा वर्षभरि आएको एफडीआई प्रतिबद्धता चालु आर्थिक वर्षको छ महिनामै करिब पूरा भएको छ । यो वर्ष पहिलो छ महिनामा ९१ देशबाट १४ अर्ब २४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग सचिव यामकुमारी खतिवडाले बताइन् ।

गत वर्ष १२ महिनामा १५ अर्ब ११ करोड रुपैयाँ मात्र विदेशी लगानी प्रतिबद्धता आएको थियो । यो वर्ष भारत, चीन, अमेरिका, जापान, बेलायत, जर्मनी, स्विजरल्याण्ड क्यानाडा, अफगानस्तिान, अर्जेन्टिना, अस्टे«लिया, अस्ट्रिया, ब्रिटिस भर्जिन आइल्याण्ड, बेल्जियम, बेलारुस, चिली, भुटान, इजिप्ट, इक्वाडोर, साइप्रस, कोलम्बिया लगायत ९१ मुलुकका लगानीकर्ताले उद्योग विभागमा प्रतिबद्धतासहित स्वीकृति लिएका छन् । मुलुकमा ऊर्जाको सहजता, राजनीतिक स्थिरता, स्थिर सरकार बन्ने लगायतका सङ्केतले लगानीकर्ता आकर्षित भएको उद्योग विभागले जनाएको छ ।

गत वर्ष तत्कालीन उद्योग मन्त्री नवीन्द्रराज जोशीको नेतृत्वमा विदेशी लगानी भित्र्याउनका लागि लगानी सम्मेलन आयोजना भएको थियो । उक्त सम्मेलनमा करिब १४ खर्ब रुपैयाँ नेपालको पूर्वाधार, हाइड्रो लगायतका क्षेत्रमा लगानी गर्ने विदेशी लगानीकर्ताले प्रतिबद्धता जनाएका थिए । सम्मेलनमा चीनबाट ८.८० खर्ब, बेलायतबाट १.०६ खर्ब, जापानबाट १.०६ खर्ब, बङ्गलादेशबाट २.५४ खर्ब, भारतबाट ३३.६० अर्ब, श्रीलङ्काबाट ३३ अर्ब लगानीको आशय व्यक्त गरेका थिए ।