no-image

बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले देशवासीका नाममा सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुरले पदबाट राजीनामा दिएका छन् । बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले देशवासीका नाममा सम्बोधन गरेका थिए ।

सम्बोधनमा उनले राष्ट्रियसभा निर्वाचनमा सहयोग पुर्याउने सरकारी कर्मचारी, मन्त्रीहरु, आफ्ना पार्टीका नेता लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गरे । साथै उनले आफ्नो कार्यकालमा महत्त्वपूर्ण कार्य भएकाले कार्यकाल सफल रहेको दाबी गरे ।

सम्बोधन अगाडि उनले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । सम्बोधनपश्चात् उनी राजीनामा पत्रसहित शितलनिवास महाराजगञ्जतर्फ प्रस्थान गरेका छन् ।

करिब १५ मिनेट लामो सम्बोधनको क्रममा उनले आफ्नो सरकारले गरेका कामहरुबारे जानकारी गराएका थिए । उनले तीन तहको निर्वाचन गराउनु नै आफ्नो सरकारको महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्न दिएको जिम्मेवारी आफूले सफलतापूर्वक पूरा गरेको बताए ।

उनले आफू प्रधानमन्त्री हुँदा निर्वाचन आचार संहिता लागू भएकाले द्रुत गतिमा विकास गर्न नसकेको बताए । आफ्नो कार्याकलमा बुढी गण्डकी, माथिल्लो तामाकोशी, पोखरा विमानस्थल लगाएतका राष्ट्रीय गौरवका आयोजनाका काम अघि बढेको दाबी गरे।

प्रधानमन्त्री राजीनामा बुझाउन शीतल निवास जाँदैछन् । सम्बोधनअघि मन्त्रिपरिषद् बैठक बसेको थियो।

जाँदा जाँदै प्रधानमन्त्री देउवाले आफू सरकारमा नभए पनि जनताको सुखदुःखमा र पार्टीमा क्रियाशील रहिरहने बताए। उनले अब बन्ने सरकारलाई दिगो विकास, शान्ति र सहमति कायम राख्न शुभकामना दिएका छन्।