लोकल कुखुरामा बर्डफ्लू भेटियो

कुखुरा धमाधम मर्न थालेपछि उनले परीक्षणका लागि कुखुरा चितवनको राष्ट्रिय पन्क्षी ल्याबमा लगेको र परीक्षणका क्रममा लोकल कुखुरामा बर्डफ्लू भएको पुष्टि भएको मध्यबिन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा.श्यामकृष्ण तिवारीले जानकारी दिए ।

नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ दुई नन्दपुरमा लोकल कुखुरामा बर्डफ्लू भेटिएको छ । स्थानीय पिताम्बर महतोले पालेको कुखुरामा बर्डफ्लू भेटिएको हो ।

महतोले पालेका कुखुरा धमाधम मर्न थालेपछि उनले परीक्षणका लागि कुखुरा चितवनको राष्ट्रिय पन्क्षी ल्याबमा लगेको र परीक्षणका क्रममा लोकल कुखुरामा बर्डफ्लू भएको पुष्टि भएको मध्यबिन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख डा.श्यामकृष्ण तिवारीले जानकारी दिए ।

बर्ड फ्लू भेटिएपछि संक्रमण फैलिन नदिन भन्दै अहिले महतोको घरमा रहेका अन्य कुखुरा तथा हाँस पनि नष्ट गरिएको तिवारीले बताए

त्यहा आसपासका क्षेत्रमा बर्डफ्लू भए–नभएको पत्ता लगाउनका महतोको घर आसपासका जिउँदा कुखुरा तथा हाँसहरुको नमूना संकलन गरि परीक्षणका लागि पठाएको मध्यबिन्दु नगरपालिकाले जनाएको छ ।