लमही–घोराही १३२ केभी लाइन सञ्चालन, घोराही वितरण केन्द्रबाट वितरण सुरु

‘घोराहीको झिग्नीमा शुरु भएको १३२ केभी प्रसारण लाइनअन्तर्गत घोराहीबाट ३२ केभी लाइन सुरु भएको छ’, उनले भने, ‘हामीले यही वैशाख ३ गतेदेखि चार्ज गर्न सुरु गरेर बुधबारदेखि मात्रै लोड लिन सुरु गरेका हौँ ।’

लमही । दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । लाइन सञ्चालन भएसँगै ३३ केभी लाइन घोराही वितरण केन्द्रबाट वितरण सुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसुदन यादवले बताए ।

‘घोराहीको झिग्नीमा शुरु भएको १३२ केभी प्रसारण लाइनअन्तर्गत घोराहीबाट ३२ केभी लाइन सुरु भएको छ’, उनले भने, ‘हामीले यही वैशाख ३ गतेदेखि चार्ज गर्न सुरु गरेर बुधबारदेखि मात्रै लोड लिन सुरु गरेका हौँ ।’

उक्त प्रसारण लाइन सुरु भएसँगै विद्युत्मा यसअघि देखिएको ‘लो’ भोल्टेजको समस्या सुधार भएको भएको उनको भनाइ छ । यसअघि २३ किलोमिटर दूरी रहेको लमहीबाट विद्युत् ल्याएको भए पनि लमही–घोराहीअन्तर्गत झिग्नीको लाइन सुरु भएसँगै आठ किलोमिटर दूरीबाटै विद्युत् ल्याएर वितरण गर्दा यो समस्या हटेको उनको भनाइ थियो ।

लमहीबाट ल्याउँदा बाटोमै बिग्रिँदा पनि जङ्गलबीचमा लाइन जडान भएकाले समस्या पहिचान गर्न पनि ढिलाइ हुने गरेको उनले बताए । ‘लमहीबाट जङ्गलबीचबाट ल्याइएको थियो, त्यसले गर्दा बीचमा बिग्रिँदा पनि कहाँनेर बिग्रियो भन्ने समस्या हुन्थ्यो’, उनले भने, ‘तर अहिले दूरी नजिक भएकाले छिट्टै समस्या पहिचान गरेर समाधान गर्न सकिन्छ ।’

उनका अनुसार झिग्नीको ३२ केभी लाइन घोराहीसँगै तुलसीपुर, सल्यान, रुकुम, रोल्पामा पनि वितरण हुने गरेकाले ओभरलोड जारी रहेको भन्दै पश्चिम हापुरेको लाइन तुलसीपुर नआउँदासम्म समस्या जारी रहने छ ।

अहिले दाङका बढी विद्युत् खपत हुने समयमा कम्तीमा पनि २५ एमपीए लाइन खपत हुने गरेको उनको भनाइ छ । ३८ टावर निर्माण पूरा हुनुका साथै तार तानेपछि निर्माणको काम पूरा भएको हो ।

लमहीबाट १३ किलोमिटर तार तानेर झिग्नीमा प्रसारण लाइन राखिएको हो । दाङमा देखिएको व्याप्त विद्युत् अनियमितालाई रोक्न विसं २०७० देखि लाइन निर्माण शुरु गरिएको थियो । ३७ महीनासम्ममा पूरा गर्ने सहमति भए पनि केही ढिला गरी निर्माणकार्य पूरा भएको हो ।