डेढ किलो सुनसहित १ जना पक्राउ

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९३ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा अवैध सुनसहित भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका ल्वागुन बिकलाई प्रहरीले प्रक्राउ गरेको हो ।

काठमाडौं । प्रहरीले मकवानपुरमा १ किलो ६ सय ४९ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९३ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा अवैध सुनसहित भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका ल्वागुन बिकलाई प्रहरीले प्रक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशुवाहको टोलीले उनलाई दुबै खुट्टाको जुत्ताभित्र र पाईन्टको खल्तीमा लुकाएर बोकेको अबस्थामा सुनसहित पक्राउ गरेको हो ।

पक्राउ परेका बिकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइने प्रहरीले जनाएको छ । उनले बोकेको सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँ रहेको छ ।