सुनको मूल्य स्थिर, विहीबार पनि ५९,७०० मै कारोबार

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

काठमाडौं । विहीबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजावी सुनको प्रतितोला ५९ हजार ४ सय रुपैयाँले कारोबार भईरहेको छ । चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँका दरले कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए ।