सङ्घका अध्यक्ष राजेश काजी श्रेष्ठले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा नेपाल सदस्य भइसकेको हुँदा यसबाट भरपुर फाइदा लिन नेपालले आन्तरिक रुपमा तयारी गर्नु पर्ने बताए ।
नेपाल–चीन उद्योग वाणिज्य सङ्घले आज नेपाल र चीनबीच यस क्षेत्र तथा सडकको विस्तार गर्ने आपसी सहयोगको पहललाई सुदृढ बनाउने विषयमा एकदिने कार्यक्रमको आयोजना गर्यो ।
उद्घाटन कार्यक्रममा सङ्घका अध्यक्ष राजेश काजी श्रेष्ठले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा नेपाल सदस्य भइसकेको हुँदा यसबाट भरपुर फाइदा लिन नेपालले आन्तरिक रुपमा तयारी गर्नु पर्ने बताए । उनले पूर्वाधार, सडक, रेलमार्ग आदिमा केन्द्रित भई छिमेकी मुलुकहरु चीन, भारत तथा दक्षिण एसियाली राष्ट्रहरुबीच पुलको रुपमा नेपालले आफुलाई स्थापित गर्नु पर्ने बताए ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव तथा प्रमुख अतीथि श्री शङ्करदास वैरागीले बीआरआई भौतिक सम्बन्ध विस्तारमात्र नभई विचार, व्यापार, अर्थ तथा जनस्तरको सम्बन्ध विस्तार समेत भएको विचार व्यक्त गरे । र्नुभयो । सचिव बैरागीले यो बृहत् अवधारणाबाट लाभ लिनसरकारी, व्यापारिक तथा नीजी क्षेत्र गरी तीनओटा विधीबाट अगाडी बद्न सकिने बताए ।
विशेष अतिथि चिनिया राजदूत याङ होउलानले बीआरआई अवधारणा चीनले सुरु गरेको भए तापनि हाल यसमा सहभागी सम्पूर्ण मुलुकहरुको साझा अवधारणा भइसकेको कुरा बताए । राजदूत याङले बीआरआई सहभागी मुलुकहरुबीचको साझा मञ्च भएको बताए ।