प्रतियुनिट ९ रुपैयाँ ३० पैसा र न्यूनतम ४ रुपैयाँ १५ पैसा र डिमान्ड शुल्क २४० रुपैयाँ जोड्दा खरिद भन्दा सस्तोमा उद्योगलाई दिएको जानकारी दिए । उनका अनुसार उद्योगलाई आपूर्ति गरिएको बिजुलीमा प्रतियुनिट १ रुपैयाँ २३ पैसा नोक्सान रहेको उनको भनाइ छ ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महँगोमा बिजुली किनेर सस्तोमा उद्योगलाई दिएको बताएको छ । प्राधिकरणले औसत ७ रुपैयाँ ५० पैसामा किनेर औद्योगिक प्रतिष्ठानलाई प्रतियुनिट ६ रुपैयाँ २७ पैसामा बिजुली दिइरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
६६ केभी प्रसारण लाइनबाट बढीमा प्रतियुनिट ९ रुपैयाँ ३० पैसा र न्यूनतम ४ रुपैयाँ १५ पैसा र डिमान्ड शुल्क २४० रुपैयाँ जोड्दा खरिद भन्दा सस्तोमा उद्योगलाई दिएको जानकारी दिए । उनका अनुसार उद्योगलाई आपूर्ति गरिएको बिजुलीमा प्रतियुनिट १ रुपैयाँ २३ पैसा नोक्सान रहेको उनको भनाइ छ ।
उद्योगलाई ३१५ मेगावाट बिजुली उपलब्ध गराइरहेको पनि उनले जानकारी गराए । उद्योगलाई विद्युत आपूर्ति ५० प्रतिशतबाट बढाएर ६० पुर्याउने तयारी भइरहेको घिसिङले जानकारी दिए ।
२०७३ कात्तिकदेखि मुलुकबाट लोडसेडिङ हटेपछि उद्योगलाई दैनिक ७ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा त्यसपछि घट्दै गएर गत जेठदेखि शून्य भएको घिसिङले बताए ।