समुदायलाई विपत् प्रतिकार्य तालीम

तालीममा नगरपालिकाभित्र गठित ५७ समितिबाट तीन/तीन जना सहभागी गराएर दुबै वडामा एकैसाथ डेढ महीने लामो तालीम सञ्चालन गरिएको हो ।

काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिकामा समुदायमा आधारित आपतकालीन (विपत्) प्रतिकार्य तालीम सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले समुदायमा आधारित समावेशी जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाको दुई वडाका समुदायलाई एकहप्ते सो तालीम सुरु गरिएका जिल्ला सभापति रघुवर चौ प्रधानले बताए ।

उनकाअनुसार विपतबाट जोखिममा परेका व्यक्तिलाई जोगाउने र त्यस्ता व्यक्तिलाई तत्काल राहत उपलब्ध गराउने विषयमा सिकाइनेछ । तालीममा नगरपालिकाभित्र गठित ५७ समितिबाट तीन/तीन जना सहभागी गराएर दुबै वडामा एकैसाथ डेढ महीने लामो तालीम सञ्चालन गरिएको हो । तालीममा खोज्ने, उद्धार गर्ने विषयमा तीन चरणका जानकारी गराउनाका साथै अभ्यास पनि गराइने प्रशिक्षक प्रदीप लामाले बताए ।

उनकाअनुसार सहभागीलाई प्राथमिक उपचार, आकस्मिक स्वास्थ्य उपचार, खोप तथा महामारीबाट सुरक्षित हुने उपाय, डुबानमा परेका, बाढीपहिरो र आगलागीमा परेकालाई स्थानीय स्रोत प्रयोग गरी उद्धारबारे जानकारी गाराइने छ रेडक्रसले यसअघि दोलालघाट, ज्याम्दी, खरेलथोक र सस्र्यूखर्कमा सो तालीम दिइसकेको थियो ।