पूर्वपश्चिम राजमार्गअन्तर्गतको सो पुलमा स्थानीय एक व्यक्तिले बिहान ‘मर्निङ वाक’ जाँदा सो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
झापा । झापाको कनकाई नदीको पुलमा आइतबार बिहान भेटिएको शङ्कास्पद वस्तु प्रेसर कुकर बम भएको पुष्टि भएको छ । उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गतको सो पुलमा स्थानीय एक व्यक्तिले बिहान ‘मर्निङ वाक’ जाँदा सो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाउनसाथ घटनास्थलमा प्रहरी टोली पुगेको थियो। सुरक्षाका कारण अहिले पुलमा सवारीसाधान तथा पैदलयात्रीलाई समेत आवतजावतमा रोक लगाइ उक्त बम डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।
उनका अनुसार प्रेसर कुकरजस्तो देखिने शङकस्कापद वस्तुमा ३० मिटर लामो बिजुलीको तारसमेत जडान गरिएको थियो । चारआलीस्थित श्रीनाथ गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली उक्त बम डिस्पोज गरेको हो । बम डिस्पोजपछि आवत–जावत सूचारु भएको प्रहरीले जनाएको छ ।