संघीय संसदको आइतबारको छलफलमा भाग लिँदै उनले भने ‘नीति तथा कार्यक्रम इच्छा शक्तिको अभाव होकी, अल्छी लाग्दा हाइकाढेको जस्तो देखियो । यसमा मेहनत नगरेको पाइएको देखियो ।’
काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम दिशाहीन भएको टिप्पणी गरेका छन् । संघीय संसदको आइतबारको छलफलमा भाग लिँदै उनले भने ‘नीति तथा कार्यक्रम इच्छा शक्तिको अभाव होकी, अल्छी लाग्दा हाइकाढेको जस्तो देखियो । यसमा मेहनत नगरेको पाइएको देखियो ।’
अर्थमन्त्रीले आफैँलाई न्याय नगरेको उनको ठहर छ । जाँगर चलाएको भए राम्रो हुने उनको भनाई थियो । अर्थतन्त्रको वास्तविक अवस्था के हो ? स्पष्ट पहिचान नभएकाले उपचार राम्रो नहुने उनको जिकिर छ । ६.८ प्रतिशत आर्थिक वृद्धि राम्रो भएपनि कति दीगो हुन्छ ? भनेर अध्ययन हुनुपर्ने उनको सुझाव छ ।
‘अर्थतन्त्र विस्तार भएको देखिएको छ, यो रोग लागेर सुन्निएको मान्छे जस्तो हो की, यसको पहिचान हुनुपर्छ ।’ भट्टराइले भने । नीति तथा कार्यक्रमले सुशासनको आधार तयार नगरेको, उनले दावी गरे ।