दर्ज्यानी चिह्न प्रदान

गृह मन्त्रालयमा वैशाख १९ गते बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिश गरेपछि उनलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

काठमाडौँं । प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गृह मन्त्रालयमा वैशाख १९ गते बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिश गरेपछि उनलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पोखरेललाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम, २७ को उपनियम, ४ को प्रावधानअनुसार उक्त पदमा बढुवाका लागि सिफारिश गरिएको थियो । रासस