देशभर पानी पर्ने, राति हावाहुरीको सम्भावना

देशका अधिकांश भू–भागमा सामान्य बदली भइरहने छ। पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । मध्य क्षेत्रका केही स्थानहरूमा र पूर्वी तराईमा हावाहुरी को सम्भावना छ।

काठमाडौं । आगामी तीन दिनको मौसम फेरबदली भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ भने केही स्थानहरुमा भने मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको तीन दिनको मौसम पूर्वानुमान यसप्रकार छ ।

बैशाख ३० गते (सोमबार)

दिउँसोः देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । मध्य क्षेत्रका केही स्थानहरूमा र पूर्वी तराईमा हावाहुरी को सम्भावना छ।

रातिः देशभरि आंशिकदेखि सामान्य बदलि रही पश्चिमका पहाडी भू–भागहरू र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख ३१ गते (मंगलबार)

दिउँसोः देशभरि आंशिकदेखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभरि आंशिकदेखि सामान्य बदलि रही देशका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

जेष्ठ १ गते (बुधबार)

दिउँसः देशभरि आंशिकदेखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभरि आंशिकदेखि सामान्य बदलि रही देशका पहाडी भू–भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।