लगानी भित्र्याउन प्रदेश प्रदेशबीच प्रतिस्पर्धा हुनुपर्छ : चन्द्रप्रसाद ढकाल

‘उद्योग, व्यापार, कृषि एवम् पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ दाङ उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबार घोराहीमा आयोजित चौथो दाङ व्यापारिक तथा पर्यटन महोत्सवलाई सम्बोधन गर्दै ढकालले उक्त कुरा उल्लेख गरेका हुन् ।

आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक सङ्घीय संरचनामा प्रवेश गरिसकेको र सबै प्रदेशको समानुपातिक आर्थिक विकास आवश्यक रहेकाले स्वदेशी तथा विदेशी लगानी भित्र्याउन प्रदेश प्रदेशको बीचमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।

‘उद्योग, व्यापार, कृषि एवम् पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ दाङ उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबार घोराहीमा आयोजित चौथो दाङ व्यापारिक तथा पर्यटन महोत्सवलाई सम्बोधन गर्दै ढकालले उक्त कुरा उल्लेख गरेका हुन् । ढकालले छिमेकी मित्रराष्ट्र भारतको प्रदेश सरकारले लगानी भित्र्याउन विभिन्न विदेशी लगानी र निजी क्षेत्रलाई सुविधा दिने गरेको स्मरण गर्दै सबै प्रदेशहरुमा समुचित लगानी भित्र्याउन त्यस्तै प्रतिस्पर्धा हुनुपर्ने बताएका हुन् ।

एसियाकै दोस्रो ठूलो उपत्यका दाङमा कृषि, पर्यटन र खानी उद्योगको क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै यी सम्भावनाहरुलाई दिगो आर्थिक विकासको माध्यम बनाउने कार्यमा स्थानीय उद्योग वाणिज्य सङ्घहरु निजी क्षेत्र र लगानी गर्न इच्छुक सबैसँग मिलेर काम गर्न नेपाल उद्योग वाणिज्य सङ्घ सदैव तयार रहने समेत ढकालले प्रतिबद्धता जनाए ।