कमोडिटी बजारको अध्ययन गर्न नेपाली टोली भारतमा

सेबोनले यो अध्ययन भ्रमणमा भारतीय कमोडिटी डेरिभेटिभसँग जोडिएका बजार संरचना, उत्पादन, प्रक्रिया तथा विभिन्न नियामक स्वरुपहरुका बारेमा जानकारी लिने छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका वरिष्ठ अधिकारीहरुको एउटा प्रतिनिधि मण्डलले भारतको मल्टी कमोडिटी एक्सचेन्ज (एमसीएक्स) को एक हप्ते अध्ययन भ्रमणमा भारतको आर्थिक राजधानी मुम्बई पुगेको छ । टोलीले नेपालमा कमोडिटी डेरिभेटिभ मार्केट तथा नियामक व्यवस्था स्थापित गर्न कमोडिटी डेरिभेटिभ बजारको अध्ययन गर्ने छ ।

नेपालले हालै देशको कमोडिटी डेरिभेटिभ बाजारलाई नियन्त्रित गर्ने जिम्मा सेबोनलाई दिएको छ । सेबोनले यो अध्ययन भ्रमणमा भारतीय कमोडिटी डेरिभेटिभसँग जोडिएका बजार संरचना, उत्पादन, प्रक्रिया तथा विभिन्न नियामक स्वरुपहरुका बारेमा जानकारी लिने छ । दक्षिण एसियाका अन्य राष्ट्रहरु जस्तै नेपालको अर्थव्यवस्था पनि उत्पादन वस्तुहरु, विशेषगरी कृषि उत्पादनहरुको व्यापार तथा निर्यातमा निर्भर छ । देशको कुल क्षेत्रफलमध्ये २० प्रतिशत मात्र खेतीयोग्य जमिन भएतापनि नेपालको कुल गार्हस्थ उत्पादन, रोजगारी तथा निर्यातको मुख्य स्रोत कृषि हो ।

कमोडिटी मार्केट इन्स्टिच्युटहरुलाई बलियो बनाएर प्राप्त हुने उपयुक्त संस्थागत सहयोगको माध्यमले कृषि उत्पादनको बजारीकरण, मूल्यको पहिचान तथा मूल्य जोखिम व्यवस्थापनका लागि सरकार तथा यसका अङ्गहरुले यस क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरुलाई सशक्त बनाउने अपेक्षा गरिएको छ । प्रतिनिधिमण्डलको अध्ययन भ्रमणले यस किसिमका संस्थानहरुको निर्माणमा भारतको अनुभवले महत्त्वपूर्ण ज्ञान र सफलता प्राप्त हुने आशा राखेको छ ।

एमसीएक्सका प्रबन्ध निर्देशक मृगङ्क परान्जपेले भने, ‘कमोडिटी बजारका आफ्नो ज्ञान र अनुभव नेपालका विशिष्ट व्यक्तिहरुसँग साझा गरेर हामी प्रसन्न छौं । यस उपमहाद्वीपको कमोडिटी बजारमा विकासका निकै सम्भावनाहरु छन्’ उनले अगाडि भने, ‘जसरी हामीले भारतमा कैयौं वस्तुहरुको सन्दर्भमा अनुभव पनि गरेका छौं कि कमोडिटीका लागि डेरिभेटिभ मार्केटमा आफनो क्षमता उपयोग गर्न सरोकारवालाहरुलाई दिएको सबैभन्दा बढी प्रतिफल नै एउटा महान उत्प्रेरक हो ।’ परान्जपेले भने, ‘हुन त यसलाई प्राप्त गर्न बजार अनुगमनका लागि नियामक निकायलाई सक्षम र बलियो दिशानिर्देश बनाउनु र कार्यान्वयन गर्नु महत्त्वपूर्ण हुन्छ । हामीलाई आशा छ, अध्ययन भ्रमणमा आउनुभएका विशिष्ट व्यक्तिहरुले हामी र अन्य अधिकारीहरुसँग भएको परस्पर छलफल उपयोगी हुनेछन् ।’

सेबोनका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलले भने, ‘यो भ्रमण भारतको सबैभन्दा ठूलो कमोडिटी एक्सचेन्ज एमसीएक्सबाट बजारको विकास तथा नियमनको बारेमा जानकारी हासिल गर्न र नेपाल तथा भारतको कमोडिटी क्षेत्रबीच सहयोग आदान प्रदान गर्ने सुन्दर अनुभव हो’ पौडेलले भने, ‘हामी कमोडिटी बजारका सूक्ष्मान्तरका बारेमा महत्त्वपूर्ण कुरा सिक्न सक्षम हुनेछौं, जसको सहयोगले नेपालको कमोडिटी बजारको विकास र उचित नियामक प्रारुप तयार पार्न मद्दत मिल्ने छ ।’

आफ्नो अध्ययन भ्रमण अवधिमा नेपाली प्रतिनिधिमण्डलले एमसीएक्सको भौतिक बजार व्यापारी तथा सदस्य दलालहरुलाई भेटेका थिए । नेपाली टोलीले सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया तथा भारतीय रिजर्व बैङ्कका अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम पनि तय भएको छ ।

सुतानुका घोषल