सोमबार साँझ परेको वर्षापछि आएको बाढीले स्थानीय गोठे सार्की, गोपाल श्रेष्ठ र गङ्गा सार्कीको घरमा ठूलो क्षेति पुगेपछि उनीहरु विस्थापित भएका हुन् ।
बागलुङ । अबिरल वर्षासँगै आएको बाढीका कारण बागलुङको बडिगाड गाउँपालिका–६, खालका ३ परिवार विस्थापित भएका छन् । सोमबार साँझ परेको वर्षापछि आएको बाढीले स्थानीय गोठे सार्की, गोपाल श्रेष्ठ र गङ्गा सार्कीको घरमा ठूलो क्षेति पुगेपछि उनीहरु विस्थापित भएका हुन् ।
घ्वाङ्गखोलामा आएको बाढी बस्तीमा पसेपछि ३ परिवार विस्थापित भएका बडिगाड–६ का वडाध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिए । उनका अनुसार, विस्थापित तीनै परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।