झाडापखालाका बिरामी बढे

अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले वैशाखको पहिलो सातादेखि नै यहाँ बिरामीको चाप बढेको बताए । ‘सबैभन्दा बढी झाडापखालाका बिरामीको सङ्ख्या बढ्दैछ’, उनले भने, “यो महिना मात्रै पखालाका १७५ बिरामीको उपचार यहाँ भयो ।” उनले दूषित पानीको प्रयोगसँगै अस्वस्थ्यकर खाना प्रयोग गर्नाले झाडापखालाका बिरामी बढेको जानकारी दिए ।