सेती बाढीले बगर बनाएको तातोपानी कुण्ड संरक्षणको पर्खाइमा

विगतमा नदीको वारिपारि दुबैतर्फ तातोपानी कुण्ड रहेको र त्यसको व्यवस्थापनका लागि साविक माछापुच्छ्रे गाउँपालिका र सार्दीखोलामा दुई वटा संरक्षण समिति क्रियाशील रहे पनि दिगो रुपमा संरक्षणको काम भने अहिलेसम्म अघि बढ्न सकेको छैन । संरक्षणमा राज्यका निकायमा ध्यानाकर्षण गरिए पनि चासो नदिइएको भनाइ तातोपानी संरक्षणमा क्रियाशील संस्थाहरुको छ ।