इन्डियन प्रिमिएर लिग खेलेर फर्किएका सन्दीप लामिछानेलाई युवाहरुले गरे सम्मान

युवाहरुलाई युवाले नै प्रोत्साहन गरौैं भन्ने उद्धेश्यका साथ सन्दीपलाई सम्मान गरिएको पाण्डेले जानकारी दिए । क्रिकेट मार्फत देशको नाम र युवाहरुको सिर उच्च बनाउन महत्वपूर्ण भुमिकाम खेलेको पाण्डेको भनाइ छ ।

काठमाडौं । इन्डियन प्रिमिएर लिग आईपीएल खेलेर फर्किएका सन्दीप लामिछानेलाई युवाहरुले सम्मान गरेका छन् । मंगलबार युवा प्रणवजंग पाण्डे र युवराज श्रेष्ठसहितको टोलीले उनलाई सम्मान गरेका हुन् ।

युवाहरुलाई युवाले नै प्रोत्साहन गरौैं भन्ने उद्धेश्यका साथ सन्दीपलाई सम्मान गरिएको पाण्डेले जानकारी दिए । क्रिकेट मार्फत देशको नाम र युवाहरुको सिर उच्च बनाउन महत्वपूर्ण भुमिकाम खेलेको पाण्डेको भनाइ छ ।

सन्दीपसँगै राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र टेक्निकल एनालिस्ट रमन शिवाकोटीलाई पनि सम्मान गरेका छन् । पाण्डे लोमस ग्रुपका पछिल्ला पुस्ता हुन् भने श्रेष्ठ होटल व्यवसायी हुन् ।