घुस खाने कर्मचारीको प्रमाण ल्याउनुस्, हल्ला नगर्नुस्— उद्योगमन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्नो मन्त्रालयमा कुनै पनि कर्मचारी धुस खाएको प्रमाण ल्याउन अन्य कर्मचारीलाई चुनौती दिएका छन् । निजी सचिव प्रेम आचार्यले घुस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाउँदै केही कर्मचारीकाे विरोधपछि मन्त्री यादवले अन्य कर्मचारीलाई हल्ला नगर्न आग्रह गरेका थिए । केही समय मन्त्रालयका कर्मचारी र मन्त्रीबीच झन्डै हात हालाहालको...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्नो मन्त्रालयमा कुनै पनि कर्मचारी धुस खाएको प्रमाण ल्याउन अन्य कर्मचारीलाई चुनौती दिएका छन् ।

निजी सचिव प्रेम आचार्यले घुस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाउँदै केही कर्मचारीकाे विरोधपछि मन्त्री यादवले अन्य कर्मचारीलाई हल्ला नगर्न आग्रह गरेका थिए । केही समय मन्त्रालयका कर्मचारी र मन्त्रीबीच झन्डै हात हालाहालको स्थिति सिर्जना हुन पुगेको थियो ।

मन्त्री यादवले आफ्नो मन्त्रालयमा धुस र राजनीति गर्ने कर्मचारी आएर हल्ला गर्ने छुट कसैलाई नभएको बताएका छन् ।