चिनियाँ लगानीकर्ता र नेपाली उद्यमी भेटवार्ता

चिनिया प्रतिनिधिमण्डलका तर्फबाट चाइना वाटर इन्जिनियरिङ विभागका निर्देशक फिङ सिआओले नेपालमा लगानी गर्न चिनिया“ लगानीकर्ता निकै इच्छुक रहेको र लगानीका क्षेत्र र सरकारी नीतिनियमबारे जानकारी लिन आफूहरु नेपाल भ्रमणमा आएको स्पष्ट पारे ।

नेपाली उद्यमी व्यवसायी र नेपाल भ्रमणमा आएको चिनिया“ लगानीकर्ताहरू सम्मिलित प्रतिनिधिमण्डलबीच महासङ्घ सचिवालयमा व्यावसायिक भेटवार्ता भयो । होटल तथा पर्यटन, पूर्वाधार निर्माण, कृषि, ऊर्जा, सूचना प्रविधि आदि क्षेत्रस“ग सम्बन्धित चिनिया“ लगानीकर्ताहरू नेपालमा लगानीका अवसरबारे नेपाली निजीक्षेत्रस“ग छलफल गर्न महासङ्घ सचिवालयमा आएका हुन् ।

चाइना वाटर इन्जिनियरिङ विभागका निर्देशक फिङ सिआओ नेतृत्वको १२ सदस्यीय चिनिया“ लगानीकर्ताको प्रतिनिधिमण्डलस“ग भएको छलफलमा महासङ्घले नेपालमा लगानी गर्न आग्रह गरेको थियो । नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले निकै धेरै लाभ हासिल गरिरहेका उदाहरण दिँदै महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले चिनिया“ उद्यमीहरुलाई स्वागत गरे । उक्त अवसरमा उनले बाह्य लगानी तथा प्रविधि खोजिरहेको नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रहसमेत गरे । ‘लगानीका क्रममा कुनै पनि समस्या आए त्यसलाई समाधान गर्न महासङ्घ तयार छ,’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने, ‘व्यावसायिक नाफा कमाउन सकिने मुलुकका रुपमा नेपाल स्थापित भइसकेको छ ।’ चिनिया“ लगानीकर्तासँगको व्यावसायिक भेटवार्ता (बीटूबी)बाट सकारात्मक कार्यको थालनी हुनुका साथै यसले दुवै देशलाई व्यावसायिक रुपमा अझ बढी प्रगाढ बनाउने विश्वाससमेत उनले व्यक्त गरे ।

कार्यक्रममा महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले बाह्य लगानी आकर्षणका लागि सरकारी नीतिनियम उदार रहेको र नेपाल सरकार बाह्य लगानी आकर्षित गर्न लालायित रहेकाले ढुक्क भएर लगानी गर्न सकिने विश्वास दिलाए ।

उक्त अवसरमा चिनिया“ प्रतिनिधिमण्डलका तर्फबाट चाइना वाटर इन्जिनियरिङ विभागका निर्देशक फिङ सिआओले नेपालमा लगानी गर्न चिनिया“ लगानीकर्ता निकै इच्छुक रहेको र लगानीका क्षेत्र र सरकारी नीतिनियमबारे जानकारी लिन आफूहरु नेपाल भ्रमणमा आएको स्पष्ट पारे । नेपाल सरकार र महासङ्घसँगको भेटवार्ता छलफल निकै उपलब्धिमूलक रहेको उनले बताए । टोलीका तर्फबाट परियोजना स्थापनाका क्रममा स्थानीय क्षेत्रमा आइपर्ने जग्गा प्राप्ति, वनलगायतमा आउने समस्या समाधानका विषयमा जिज्ञासा राखिएको थियो । साथै चिनिया“ प्रतिनिधिमण्डलले आगामी दिनमा अन्य क्षेत्रमा समेत लगानी गर्न इच्छुक रहेको धारणा राखेको थियो । सोही क्रममा दुवै देशका व्यवसायीबीच क्षेत्रगत रुपमा छुट्टाछुट्टै व्यावसायिक भेटवार्तासमेत सम्पन्न भयो ।